नेपाली फोटोग्राफरसँग विवाह गर्दै बलिउड नायिका श्रद्धा कपुर

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुरले अन्तत नेपाली युवकसँग विहे गर्ने भएकी छिन् । श्रद्धाले फोटोग्राफर रोहन श्रेष्ठसँग लगनगाँठो कस्ने निश्चित गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा थिइन् ।

शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेकी छिन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएकी छिन् ।

केही समयअघि श्रद्धाकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो ।
रोहन मुम्बइमा जमेका फोटोग्राफर हुन् । उनका पिता राकेश श्रेष्ठ नेपालबाट मुम्बइ सरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार