विराटनगर । नेपाललाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । भारतको जितसँगै उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक अधुरो बनेको छ ।
भारतले यो प्रतियोगिताका सबै संस्करणको उपाधि जित्न सफल भएको छ । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।
भारतका लागि २६ औँ मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग्रता दिलाएकी थिइन् । तर खेलको ३३ औँ मिनेटमा नेपाली खेलाडी सावित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै खेललाई बराबरी गरिन् ।
भारतले ६३ औं मिनेटमा बराबरीको खेल अन्त्य गर्दै अग्रता लियो । भारतकी ग्रेस डाङ्मेइले गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने ७७ औं मिनेटमा भारतीय खेलाडी अन्जु तामाङले निर्णायक गोल गरेकी हुन् ।

1760 पटक हेरिएको 

