काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आतंकित बनाउने जस्ता क्रियाकलाप राज्यले नियन्त्रण गर्ने बताएका छन् । चन्दा उठाउने, बम पड्काउने र धम्काउने जस्ता क्रियाकलाप लोकतन्त्र विपरीत रहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध अब देशमा अशान्तिको श्रृंखला जारी राख्ने कल्पना नगर्न आग्रह गरे ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको समयमा भूमिगत बसेर केही गर्छु भन्ने कल्पना कसैले पनि नगर्दा हुने स्पष्ट पारेका छन् । नेत्र विक्रम चन्द नेतृत्वको विप्लप समूहलाई इंकित गर्दै उनले भने, ‘हतियार बुझाउन समय दिएका छौँ, लुरुलुरु आए हुन्छ । यदि बुझाउँदैन भने कसरी लिन्छ, सरकारलाई थाहा छ । दुई तिहाइको सरकार देखेनौँ भन्नेहरुले अनि देख्छ ।’

त्यस्तै गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्न राजपाले गरेको मागमा प्रधानमन्त्री ओलीले प्रतिवेदन सरकारले अध्ययन गरेर सार्वजनिक गर्न सकिने आश्वासन दिएका छन् ।
सरकारले सिके राउतसंग भएको राजनीतिक सहमतिलाई बर्षकै ऐतिहासिक र महत्वपुर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको छ । प्रधानमन्त्री ओलीले सरकार र सिके राउत संग भएको सहमति राजनीतिक हिसाबले राष्ट्रका निम्ति ठुलो र अत्यन्तै महत्वपुर्ण ऐतिहासिक उपलब्धि हासिल भएको बताए ।

1521 पटक हेरिएको 

