कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त तत्कालिन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा। राजेन्द्र कुमार आचार्यको आइतबारको इजलासले विष्टलाई साढे १० लाख धरौटी माग गरेको थियो । आजै ४ बजेसम्म बुझाउनुपर्ने सो धरौटी रकम बुझाएर विष्ट रिहा भएका हुन् ।
विष्टमाथि यातनाविरुद्धको मुद्दामा साढे चार लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा ६ लाख धरौटी तोकिएको थियो। विष्टसहित आठ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन् ।
त्यस्तै एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । निर्मला पन्त प्रकरणमा अभियोग लागेका ६ जना यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।