नर्वेमा डुब्न लागेको पानीजहाजबाट १३ सयभन्दा बढी यात्रुको उद्धार

ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि डुब्न लागेको एक यात्रुवाहक पानीजहाजबाट १३ सयभन्दा बढी यात्रु र चालकको सकुशल उद्धार गरिएको छ ।

पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए ।

भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको थियो । नर्वेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ आउँदै थियो । मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्जिनमा समस्या आएको चालक दलका क्याप्टेनले सूचना पठाएका थिए ।

विषम मौसमी अवस्था आएपनि उद्धारकर्मीहरुले हेलिकप्टरको प्रयोग गर्ने निष्कर्षमा पुगेका थिए ।

उद्धारका लागि पाँचवटा हेलिकोप्टर र अरू जहाज प्रयोग गरिएका थिए । उद्धार गरिएकामध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार