काठमाडौंका भित्री सडकमा आजदेखि पाँच वटा ब्रुमर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार (आज) पाँचवटा ब्रुमरको उदघाटन एकैसाथ गर्ने भएको छ । पाँचवटा ब्रुमरले टुँडिखेल र रत्नपार्क आसपासमा सफा गरेर उदघाटन गर्ने काठमाडौं महागरपालिकाले जनाएको छ।

उदघाटन एकैसाथ मेयर विद्यासुन्दर शाक्यले गर्नेछन्। आजदेखि चक्रपथको भित्री सडकमा सो ब्रुमर चलाएर सडक सफा गरिनेछ । एकसाता अघि इटालियन ब्रुमर काठमाडौं ल्याइएको थियो।

फाइल तस्बिर

साढे दश करोड खर्च गरेर ब्रुमर ल्याएको महानगरले जनाएको छ। काठमाडौ‌ं उपत्यकाका कलंकी, बल्खु, कालीमाटी, टेकु, सुन्धारा, टुँडीखेल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वरलगायतका क्षेत्रमा ब्रुमरको प्रयोग गरि सफा गरिने महानगरपालिका वातावरण विभाग महाशाखा प्रमुख हरिकृष्ण श्रेष्ठले बताए।

यी ब्रुमरहरु नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो। यी ब्रुमरमा दुईवटा ट्याङ्की छन्। धुलो टिपेपछि पानी छर्केर सडकलाई भिजाउन मिल्छ। नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन्।

यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहितको धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार