हुम्ला । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या भएको छ । हुम्लामापुस, माघ, फागुनमा पनिलगातार हिमपात भएको थियो ।
हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए । हुम्लामा मंगलबार बिहानदेखि हिमपात सुरु भएको छ ।
हिमपातले चिसो बढेपछि चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई लेख्न समस्या बनाएको छ ।
जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसइई परीक्षा दिने विद्यार्थीलाई समस्या बनाएको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।