चीनमा २५ सय वर्ष पुरानो सग्लो अन्डा भेटियो

चीनको जियाङ्सु प्रान्तमा २५ सय वर्ष पुरानो चिहानमा सग्लो अन्डा भेटिएको पुरातत्वविदहरुले जनाएका छन् । उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताले लियाङ सहरको शाङसिङस्थित विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताए । मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासले अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको पुरातत्वविद झाओ हेङमिङले बताए ।

सेतो र पहेलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्,ु तर नुनमा डुबाएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने तयारी भइरहेको पुरातत्वविद झाओ हेङमिङले बताए । अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर गाडिएको हुन सक्ने अनुसन्धातामा उल्लेख गरिएको छ ।

वैज्ञानिकका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो । – सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार