जम्मु काश्मिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार (आज) देखि चुनाव प्रचार अभियान सुरु गर्दैछन् ।
उनको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी (भाजपा)का महासचिव राम माधवले बुधबार नै जानकारी दिएका थिए ।
चुनावी प्रचार अभियानमा प्रधानमन्त्री मोदी बिहीबार जम्मु काश्मिर जाँदै छन् ।
प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाँउप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने राम माधवले बताएका छन् । केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् ।
सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो । जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो ।
अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । अप्रिल ११ बाट सुरु भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ ।

966 पटक हेरिएको 

