भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सधैँ अरुसँग हात थाप्नुपर्ने कमजोर मुलुक कसैलाई पनि स्वीकार्य नहुने भन्दै देशले नयाँ पहिचान खोजिरहेको बताएका छन् । विहीबार मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उनले यस्तो बताएका हुन् ।
देशलाई आर्थिकरुपमा समेत मजबुद बनाउन राजनीतिक सद्भाव विकास र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पण्डितले भने,‘शान्ति, सद्भाव र एकता भएन भने देशको विकास सम्भव छैन, राजनीतिक द्वन्द्वले देश लामो समय गुज्रियो, अब पनि उसले जित्यो, मैले हारे, म केही गर्दिन, उसैले गरोस् भन्ने होइन, आफ्नो ठाउँको विकास गर्न जित्ने र हार्नेले मिलेर अगाडि बढ्नुपर्छ ।’

कर तिर्नुपर्दा रिसाउने तर सरकारसँग लिनुपर्ने कुरामा नछाड्ने प्रवृत्ति जनतामा रहेको औँल्याउँदै मन्त्री पण्डितले विकासका निम्ति कर आवश्यक रहेका तर कर कति लिने निर्णय जनप्रतिनिधिले गर्ने बताए ।

548 पटक हेरिएको 

