एसइई : प्रदेश २ मासामाजिक विषयको परीक्षा रद्द, तोडफोडमा उत्रिए विद्यार्थी

रौतहट । बिहीबार राती नै एसइई अन्तर्गत आज हुने सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ को परीक्षा रद्द भएको छ ।

परीक्षा रद्ध भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन् । विद्यार्थीको प्रदर्शन आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न सहर तनावग्रस्त बनेको छ ।

परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट, ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका हुन्। आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार