आईपीएल : मुम्बई इन्डियन्सको जितसँगै विराट कोहलीको टिमको लगातार दोस्रो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंलोरले लगातार दुई हार व्यहोरेको छ । बिहीबार राती भएको खेलमा मुम्बई इन्डियन्सले पहिलो जित निकाल्दै बैंलोरलाई हराएको हो ।

खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैँलोरलाई ६ रनले पराजित गरेको हो। बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। बैंगलोरका लागि एबी डे भिलियर्सले अविजित रहदै ७० रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन्।

कप्तान विराट कोहलीले ४६ रन जोड्दा पार्थिव पटेलले ३१ रन बनाए। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १८७ रन बनाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ र सुर्यकुमार यादवले ३८ रनको योगदान दिए भने १४ बल खेलेका हार्दिक पाण्ड्या ३२ रनमा नटआउट रहे।

मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ३७ रनले पराजित भएको थियो। पहिलो खेलमा बैंगलोर साबिक विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार