नेपालमा जहाँ लगानी गर्यो, त्यहीँ नाफा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि उच्च प्रतिफल रहेको भन्दै लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेका छन्।

लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियानका लागि विदेशी लगानी आवश्यक रहेको बताए । उनले विदेशी लगानीको लागि उचित वातवरण आवश्यक रहेको बताए।

स्थिर सरकार बनेको छ, सरकारी नीति पनि लगानी अनुकूल बनाइएको छ’ ओलीले भने, ‘सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न विदेशी लगानी जरुरी छ, म लगानीका लागि आह्वान गर्दछु।’ उनले लगानीका विभिन्न क्षेत्रहरु सरकारले यसअघि नै तय गरिसकेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले नेपालमा संक्रमणकाल अन्त्य भएको र देश समृद्धिको बाटोतर्फ लम्किरहेको भन्दै हातेमालो गरेर अघि बढ्न सबैलाई आह्वान गरे। प्रधानमन्त्री ओलीले नेपालमा स्थायी सरकार भएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै एक हजार लगानीकर्ताको उपस्थिति छ। विभिन्न ४० देशहरुबाटमात्रै ६०० भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार