झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भिखारी राष्ट्र नभएको तर यहाँ आएर विदेशीले लगानी गर्न सक्ने बताएका छन् । विदेशी लगानीकर्ताले यहाँ लगानी गरेर मुनाफा कमाउन सक्ने तर नेपालले भिख नमाग्ने उनले बताएका हुन्।

झापाको दमकमा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने, हामी भिखारी होइनौँ तर यहाँ आएर लगानी चाहिँ गर्न सक्नुहुनेछ,’ उनले भने, ‘तर, कसैले सहयोग गर्छौं भन्नुहुन्छ भने हामीले नाइँ भन्ने अवस्था पनि छैन ।’
वैदेशिक लगानी मात्र नभएर प्रविधिसमेत भित्र्याउँदै डिजिटल, आधुनिक र विकसित नेपाल बनाइने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले भर्खरै लगानी सम्मेलन सकिएको बताउँदै अब चाँडै अन्तर्राष्ट्रिय खोज अध्ययन र नव प्रवर्द्धनका लागि सम्मेलन गर्ने जानकारी दिए ।

724 पटक हेरिएको 

