जल तथा मौसम विज्ञान विभागकाअनुसार पोखरामा विकास भएको वायुसँग बंगालको खाडीबाट आएको वायु मिसिँदाबारामा ठूलो हावाहुरी चलेको हो । ‘अरेबियन सागरबाट पश्चिमीवायुसँग पोखरामाविकास भएको स्थानीयवायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवनहुँदै पर्सा–बारातिर चिसो हावा गयो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

‘बंगालको खाडीबाट उत्तर–पश्चिमहुँदै बारातिर तातो हावाआयो,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘पश्चिमी वायुमा पोखरामा विकास भएको स्थानीय चिसो वायु र बंगालको खाडीबाट आएको वेगयुक्त वायु एक–आपसमा रुमल्लिएर टकराउँदा दुर्घटना भयो ।’ विभागका अनुसार दुवै दिशाबाट आएको हावाबाराआसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गतिलिएको थियो । प्रि–मनसुनमा मेघ गर्जन सहित हावाहुरी चल्ने गरेपनि बारा–पर्सामा चलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै घटनाप्रति विभागले दुःखव्यक्त गरेको छ । नेपालजस्तो जटिल भु बनोट भएको देशमा विपद क्षेत्र र ठाउँ तोक्की पूर्वअनुमान गर्न गाह्रो हुने बताउँदै विभागले प्रविधि र जनशक्ति अभाव हुँदा पूर्वानुमान गर्न नसकिएको जनाएको छ । मौसमी राडार नेटवर्क, स्वचालित मौसमी केन्द्र कमी हुँदा पूर्व अनुमान गर्न नसकिएको विज्ञप्तीमा उल्लेख छ ।
२७ को मृत्यु, ६ सय ६८ जना घाइते, ज्यान गुमाउनेमा चार भारतीय
बारा–पर्सामा आइतबार गएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, १० महिला र ५ जना बालबालिका छन् । मृतक २७ मध्ये २५ जनाको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।

707 पटक हेरिएको 

