सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस

काठमाडौं । न्यायपरिषदको मंगलबार बसको बैठकले सर्वाेच्च अदालतको न्यायाधीशमा पाँच जनालाई सिफारीस गरेको छ ।

न्यायपरिषदको मंगलबार बिहान बसेको बैठकले करियर न्यायाधीशबाट दुई जना र वकिलबाट तीन जनालाई न्यायाधीशमा सिफारिस गरेको हो।

न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार सर्वोच्चको रिक्त पाँच न्यायाधीशमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना, सुर्खेत उच्च अदालतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, बरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ता हरिप्रसाद फुँयाल र अधिवक्ता डा मनोजकुमार शर्मा रहेका छन् ।

सिफारिस भएकाहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि न्यायाधीश बन्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार