अछाम। सोमबार राती परेको चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन् । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका-९ तामकोट र ४ जना रामारोशन गाउँपालिका -५ सल्लीसैनका छन् ।
घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताएका छन् ।
गम्भीर घाइतेहरुलाई इलाका प्रहरी चौकि कालेकाँडाबाट गएको प्रहरी टोलीले उपचारका लागि चिलतडा स्वास्थ्य चौकि लगेको छ ।

572 पटक हेरिएको 

