सोलुखुम्बुको लुक्ला बिमानस्थलमा विमान दुर्घटना, ४ को मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला बिमानस्थलमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको नाइन एन ए एम एच जहाज एक आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान साढे ९ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा मनाङ एअरका चालक, समिट एअरका कोपाईलट र विमान सुरक्षामा खटिएका २ जना सुरक्षाकर्मी रहेका छन् ।

उनीहरु मध्ये समिट एअरका को-पाईलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको शव पहिचान भएको छ । अन्य २ जनाको शव भने पहिचान हुन बाँकी रहेको लुक्ला विमान स्थलका प्रबन्धक इमनाथ अधिकारीले बताए। उनका अनुसार विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याड तिर जाँदा ठोक्किन पुगेको हो ।

यद्यपी नेपाल प्रहरीका दुई असई सहित ४ जनाको ज्यान गएको भनिएपनि पुरा विवरण आई नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका समिटका पाईलट र एयर होस्टेजसहित तीन जना घाइतेलाई श्रीएयरको हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । यात्रुहरु भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार