१ बैशाख । काठमाडौंको चावहिलमा अत्याधुनिक सुविधासम्पन्न ओम चावहिल डेण्टल संचालनमा आएको छ । डेण्टलको स्वास्थ्य मन्त्रालयका नाक, कान, घाटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा.प्रकाश बुढाथोकीले आइतवार उद्घाटन गर्नुभएको हो ।

गरिब देखि धनीसम्मलाई लक्षित गरी संचालनमा आएको डेण्टलमा कस्तो सुविधा र सेवा हुनुपर्छ भन्ने दिन खोजिएको अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए । उनले गुणस्तर र सेवालाई प्रहिलो प्राथमिकतामा राखेका कारण मुख स्वास्थ्यको क्षेत्रमा छिट्टै छु्ट्टै पहिचान बनाउन सफल हुने समेत बताए ।

डेण्टलले केही दिन भित्र निशुल्क शिविर संचालन गर्ने योजना रहेको समेत डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माको भनाई थियो ।

1180 पटक हेरिएको 

