काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष ०७६र७७ को बजेटमार्फत वृद्धभत्ता बढाउने बताएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । बजेट निर्माणमा जुटिरहेको सरकारले वृद्धभत्ता बढाउने तयारी गरिरहेको उनले जानकारी दिएका हुन् ।
आइतबारदेखि सुरु भएको ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा’ तथा ‘खोलौँ बैंक खाता’ अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उनले वृद्धवृद्धाको सुरक्षालाई ध्यान दिँदै वृद्धभत्ता बढाउने तयारी गरिएको बताएका हुन् । वृद्धभत्ता बढ्छ भन्ने कुरा सबैलाई थाहा भएको समेत उनले बताए । ‘बजेट नआई भन्न नमिल्ने कुरा हो,’ उनले भने, ‘तर, लुकाएर लुक्ने होइन, वृद्धभत्ता बढ्छ ।’
तत्कालीन वामगठबन्धनको चुनावी घोषणापत्रमा वृद्धभत्ता बढाएर ५ हजार पु-याउने उल्लेख थियो । सरकारले चालू आवको बजेटमार्फत वृद्धभत्ता बढाउने आम अनुमान थियो । तर, अनुमानविपरीत अर्थमन्त्री डा। युवराज खतिवडाले एकीकृत सामाजिक सुरक्षा नीति लागू गरे, तर वृद्धभत्ता बढाएनन् । चुनावमा घोषणा गरिएअनुसार निर्वाचित सरकारले वृद्धभत्ता नबढाएको भन्दै सत्तारुढ दलकै नेता तथा कार्यकर्ताले समेत आलोचना गरेका थिए ।
चुनावी घोषणापत्रअनुसार चालू आर्थिक वर्षमा बजेट नआएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले आगामी आवको बजेटमार्फत वृद्धभत्ता बढाउने तयारी गरेको हो ।

444 पटक हेरिएको 

