जब आलियाले प्रेमी रणवीरको नामले बरुणलाई बोलाइन्

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट अभिनेता रणवीर कपुरको प्रेममा छिन् । तर यो जोडिले सार्वजनिक रुपमा प्रेम सम्बन्धलाई स्वीकार भने गरेका छैनन् ।

आलिया रणवीरको गहिरो प्रेममा छिन् भन्ने कुरा हालै भाइरल भएको भिडियोले देखाएको छ । फिल्म कलंकको पूरै टिम सहभागी एक अन्तर्वार्तामा आलियाले बरुण धवनलाई रणवीरको नाम लिएर बोलाएको भिडियो अहिले भाइरल छ ।

वरुणले आलियाको कपाल चलाएर दुख दिइरहेका थिए । सोही समयमा बरुण भन्ने ठाउँमा आलियाले रणवीर भनेकी थिइन् । बरुणलाई आलियाले रणवीर भनेपछि फिल्मको प्रमोशनमा गएको टिममा हाँसो गुन्जिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार