यू-१९ विश्वकप छनौट : ओमनसँगको खेलमा नेपाल १ सय ५० रनले विजयी

काठमाडौं । आइसीसी यू–१९  अन्तर्गतको एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेको छ ।

नेपाली टोलीले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.२ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र बनायो । नेपालका लागि पवन सर्राफले ३, सूर्य तामाङ र प्रतिश जीसीले ले २र२, कमल सिंह, भीम सार्की र कुशल मल्लले एकरएक विकेट लिए ।

कप्तान रोहित पौडेलले ८१ बलमा ७५ रन जोडेपछि नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको थियो । नेपाली टोलीले ४३.२ ओभरमा अलआउट हुँदै २२९ रन बनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार