काठमाडौं । शिक्षा स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड बटेट फुटकर योजनमा विनियोजन गरेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रीले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो।
सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको हो । हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार शाह मन्त्री नवलकिशोरका जेठो छोरा हुन्। राष्ट्रिय जनता पार्टीबाट बाबु छोराले चुनाव जितेका थिए। छोरा मेयर रहेको हनुमाननगर नगरपालिकाका मन्त्री शाहको संसदीय क्षेत्र पनि हो।

465 पटक हेरिएको 

