जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार काम गर्नुपर्छ : मन्त्री पण्डित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताएका छन् ।

विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन) को आज शिलान्याश गर्दै उनले जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार कार्य गरेमा मात्र समाजमा सकारात्क प्रभाव पर्ने र जनप्रतिनिधि पनि सफल हुने बताए ।

मन्त्री पण्डितले पुरानो इतिहास बोकको विराटनगर शहरलाई जोगाउन सबै समुदायको सहयोग आवश्यक रहेको बताउँदै शहरमा आवश्यक पर्ने सम्पूर्ण सुविधाका विकास गरी काठमाडौपछि दोस्रो ठूलो शहर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक सद्भावसहित राजनीतिक सद्भाव भएमा मुलुकमा विकासले गतिलिने तथा जनता सुखी र समृद्ध हुने उल्लेख गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार