पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विष्फोट भएको छ। विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए।
विष्फोट भएको कार्यालयको झ्यालका सिसा फुटेका छन्। विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म थाहा हुन सकेको छैन। यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।

504 पटक हेरिएको 

