पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले गरे आत्महत्या

एजेन्सी । पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले आत्महत्या गरेका छन्। भ्रष्टचारको आरोप लागेका गे्रस्काले आफूले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन् । प्रहरीले पक्राउ गर्ने क्रममा उनले आफैँलाई गोली प्रहार गरेका थिए ।

उनको उपचारका क्रममा निधन भएको पेरुका अधिकारीले जनाएका छन्। प्रहरीले तत्काल उनलाई पेरुको राजधानी लुमामा रहेको क्यासिमिरो उल्लवा अस्पताल लगेका थिए ।

उनलाई ब्राजिलियन निर्माण कम्पनीसँग घूस लिएको आरोप लागेको थियो। तर, उनले उक्त आरोप अस्वीकार गर्दै आएका थिए। चारपटक पेरुको राष्ट्रपति बनेका ग्रेस्का सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म राष्ट्रपति भएर काम गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार