बाँके । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज भव्य समारोहबीच औपचारिक उद्घाटन हुने भएको छ । प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन भने बिहीबार साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।
विसं २०३८ देखि सुरु भएको प्रतियोगिता आठौँ संस्करणको रूपमा नेपालगञ्जमा सुरु भएको छ। नेपालगञ्जमा दोस्रोपटक हुन थालेको प्रतियोगिताले नेपालगञ्ज उल्लासमय बनाएको छ । यसअघि नेपालगञ्जमा विसं २०५५ मा चौथो राष्ट्रिय खेलकूद प्रतियोगिता भएको थियो ।
‘आठौँ राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नेछिन् । राष्ट्रपति भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते नेपालगञ्जमा गर्नेछन् ।
उद्घाटन समारोहमा सहभागी हुन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल नेपालगञ्ज पुगेका छन्।
आठौँ प्रतियोगिता उद्घाटनको पूर्वसन्ध्यामा रहेको उल्लेख गर्दै राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्यसचिव केशवकुमार विष्टले बृहत् प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

2008 पटक हेरिएको 

