काठमाडौं । धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार बिहान दुई वटा परकम्प गएको छ । ११ मिनेटको फरकमा दुई परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो ।
परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको बिहीबार भोली ४ वर्ष पूरा हुँदैछ । यद्यपी परकम्प जाने क्रम भने रोकिएको छैन ।

399 पटक हेरिएको 

