डडेल्धुरा । डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा बुधबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र २० जना घाइते भएका जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो।
घाइतेहरुलाई डडेल्धुरा अस्पताल ल्याइँदैछ। बस सडकबाट १०० मिटर तल खसेको जनाइएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन।

376 पटक हेरिएको 

