नेकपामा एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुने

काठमाडौं । जिल्ला एकीकरण टुंगिएलगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ । तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ । चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ ।

तीन नेताबीच पोलिटब्युरो गठनको मापदण्डबारे करिब सहमति जुटेको नेकपा स्रोतले बतायो । केन्द्रीय कमिटीमा दुवै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो बनाउने नेताबीच सहमति छ । पूर्वएमालेलाई ८१ र पूर्वमाओवादीलाई ६६ जना पोलिटब्युरो सदस्य भागबन्डामा परेको छ ।

जसअनुसार पूर्वएमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरूमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार