मनमोहन अधिकारीको आज २० औं स्मृति दिवस

काठमाडौ‌ं । नेपाली कम्युनिष्ट आन्दोलनका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको आज २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले अधिकारीको स्मृतिमा कार्यक्रमको आयोजना गरको छ। २०५१ को मध्यावधि निर्वाचनपछि नौ महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए।

संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका अधिकारीको नेपालको वाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो। अधिकारी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य समेत थिए। अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार