काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आइतबार आज देखि सुरु भएको छ । २६ वैशाखसम्म सञ्चालन हुने परीक्षामा साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी र संस्कृत विषयको परीक्षा हुँदै छ ।
बिहान ७ बजे देखि १० बजेसम्म परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनले २९ वैशाखदेखि ८ जेठसम्म कक्षा ११ को वार्षिक परीक्षा हुने जानकारी दिए । कार्यालयले सातवटा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र पाँचवटा शाखा कार्यालयमार्फत परीक्षाको व्यवस्थापन गरेको छ ।
सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेका जिल्ला परीक्षा समन्वय समितिले केन्द्र निर्धारण, केन्द्राध्यक्ष नियुक्तलगायतको व्यवस्थापन गरेका छन् ।

369 पटक हेरिएको 

