भट्टेडाँडामा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा नयाँगाउँमा सोमबार राति बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बा ५ च ५६९६ नम्बरको बोलेरो राति साढे ९ बजे सडकबाट खसेको हो । दुर्घटनामा एकजना जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक विशाल तामाङ, भट्टेडाँडाकै १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको ललितपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भिर घाइते भएका मकवानपुरका रमेश तामाङको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार