काठमाडौं । राष्ट्रपति विद्या भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएकी छिन् ।
राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा हुनु एक दिन अगावै बुधबार बिहान स्वदेश फर्किएकी हुन् । बेइजिङमा आयोजित बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिई त्यहाँको महत्वपूर्ण भेटवार्ता पूरा गरी ल्हासा आउने क्रममा ‘हाई अल्टिच्यूड’का कारण स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी निर्धारित समय भन्दा एक दिन अघि नै स्वदेश फर्किएकी हुन् ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी बैशाख ११ गते बुधबार चीनको राजकीय भ्रमणमा गएकी थिइन् । चीनको राजकीय भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले पारबहन सम्झौंताको प्रोटोकलमा हस्ताक्षर समेत गरेकी थिइन् ।

497 पटक हेरिएको 

