एजेन्सी । निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’मार्फत बलिउडमा डेब्यू गरेकी आलिया भट्ट थोरै समयमा धेरै हिट फिल्म दिने अभनेत्रीमा पर्छिन् ।
अहिले पनि हरेक फिल्म साइन गर्नु पूर्व आलिया करणको सल्लाह लिने गर्छिन् । यही कुरा बलिउडमा गसिपको विषय बनेको छ । यतिसम्म की उनलाई करणको ‘कठपुतली’ भएको आरोप लाग्ने गरेको छ ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा आलियाले करण आफ्नो गुरु रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘बलिउडमा करणले मलाई पहिलो मौका दिए । म उनलाई निकै इज्जत गर्छु । अन्यले मलाई करणको ‘कठपुतली’ भन्छन् । तर मलाई यसले केही असर गर्दैन ।’
आलिया अभिनित मल्टिस्टारर फिल्म कलंक हालै प्रदर्शनमा आएको थियो । पछिल्लो समय रणवीर कपुरसँगको प्रेम सम्बन्धको कारण पनि आलिया चर्चामा छिन् ।

2048 पटक हेरिएको 

