नेपालमा सामुन्द्रिक आँधी ‘फानी’ को असर, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीबाट विकसित सामुन्द्रिक आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपालमा आउने सम्भावना भने छैन । ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको छ।

शुक्रबार विहानैदेखि देशको पूर्वी क्षेत्रका केही ठाउँमा मौसम बद्ली भई मेघगर्जनसहित पानी पर्न सुरु भएको महाशाखाले जनाएको छ। फानीको प्रभावका कारण दिउँसोपख मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा पनि हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

फानीकै प्रभावले उच्च पहाडी क्षेत्रमा हिमपातको पनि संभावना छ। फानीको प्रभाव भोलीसम्म रहने र आइतबारदेखि मौसम खुल्ने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार