रुसी विमानमा आगलागी, ४१ जनाको मृत्यु

एजेन्सी । रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा दुईजना बालबालिकासहित ४१ जनाको मृत्यु भएको रुसी समाचार संस्थाले जनाएका छन्।

रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। ७८ जना यात्रुहरू रहेको जेट विमानबाट केही मानिसहरु निस्किएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन्। उक्त विमान आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको हो।

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको बताएको छ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार