यस्ता छन् टिम्मुर खानुका फाइदा

नेपाली टिम्मुर अहिले विश्वबजारमा लोकप्रिय हुँदै गएको छ । विश्वका विभिन्न देशमा यो बर्सेनि निर्यात हुन्छ । टिम्मुर नेपालको पश्चिमी क्षेत्रमा बढी उत्पादन हुन्छ ।
परिकार र उपयोग
-नेपालमा टिम्मुरलाई विभिन्न औषधिका रूपमा प्रयोग गरिन्छ । हैँजा, ज्वरो र पेटको विकार ठीक गर्न टिम्मुर लाभदायी हुन्छ ।
-टिम्मुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ ।
-जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिम्मुरको प्रयोग हुँदै आएको छ ।
-नेपालमा टिम्मुर अचारको रूपमा बढी प्रयोग हुन्छ । यो छोइला र मासुमा पनि हालिन्छ ।
-गाउँघरतिर टिम्मुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।
-युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिम्मुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ ।
-चीनमा टिम्मुर एक प्रमुख मसलाका रूपमा भएको हुन्छ । टिम्मुरविना चिनियाँ भान्सा अधुरो हुने मास्टरसेफहरूको भनाइ छ । साथै, थाइल्यान्डमा समेत यो औषधिका रूपमा प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार