गृह मन्त्रालयद्वारा एसएसपीहरुको सरुवा, प्रहरी परिसरमा उत्तमराज सुवेदी

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका प्रमुख फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी उत्तमराज सुवेदीलाई सरुवा गरिएको छ । उनी केन्द्रीय प्रहरी प्रवक्ताका रुपमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
गृह मन्त्रालयले केही एसएसपीहरुको काज सरुवा गरेको हो ।

त्यस्तै अपराध महाशाखाका एसएसपी सहकुल थापालाई पनि जिम्मेवारी दिइएको छ । उनी प्रदेश नम्बर १ तालिम केन्द्रमा कार्यरत थिए । उनको इन्चार्जबाटै इन्चार्जमै सरुवा भएको छ ।

परिसरका एसएसपी बसन्त लामाको लागूऔषध नियन्त्रण ब्यूरो र अपराध महाशाखाका प्रमुख धिरज सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी उमेशराज जोशीलाई दिने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार