ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार छु : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गरेका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आजको छलफलका क्रममा उनले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको बताएका हुन् ।

महासचिव पौडेलले भने, “ललिता निवास जग्गा प्रकरणमा केही नेतासहित मेरो पनि नाम जोड्ने प्रयास भएपछि यस विषयमा विज्ञप्तिमार्फत आफूले स्पष्ट गरिसकेको छु ।” उनले सरकारको नीति तथा कार्यक्रम दोहोरो अङ्कको आर्थिक वृद्धि, तीव्र गतिको आर्थिक विकास र समृद्धिका लागि क्षेत्रगत योजनासहितको तीन खम्बे नीतिमा आधारित रहेको बताए ।

नीति तथा कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धता अनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान दिने दावी उनले गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार