“राईड टु सिन्धुलीगढीले” जिल्लालाई थप चिनायो : स्थानीय

२८ कार्तिक, काठमाडौं :- यसवर्षको राईड टु सिन्धुलीगढी कार्यक्रमले जिल्लाको पर्यटन  प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको स्थानियहरुले बताएका छन् । केही वर्ष अघिसम्म विकास निर्माणको दुष्टिकोणले पछि परेको सिन्धुली जिल्ला अहिले विश्वको पर्यटक घुम्न आउने गरेको बताएका हुन् । सिन्धुली गोलन्जोर गाउँपालिकाका स्थानीय एकराज पौडेलले हामीले सानामा गाईवस्तु चराउदा  “सिन्धुलीगढी घुमेर हेर्दा…सुतली मई” भन्ने गीत रेडियोमा खुबै सुन्थेउ । तर, म आफैचै, पुगेको थिएन, अहिले घुम्न लायकको  ठाउँ भएछ ।

हुनत, सिन्धुली गढी दरवार क्षेत्रको प्रर्वद्धनका लागि सरकारी निकाय देखि बिभिन्न संघ संस्थाको पनि त्यतिकै योगदान छ । तर, समृद्ध सिन्धुली अभियान शुरु भए यता थप सहयोग पुगेको स्थानीय कुमार थापाले बताउनुभयो । उहाले सिन्धुलीगढी दरवार जस्तै जिल्लामा अन्य महत्वपुर्ण र ऐतिहासिक, धार्मिक स्थलहरु छन्, अब त्यसलाई पनि पर्वद्धन गर्नुपर्छ ।

समृद्ध सिन्धुली अभियानले तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको २ सय ५० औं बर्ष पुगेको अवसरमा “राइड टु सिन्धुलीगढी” कार्यक्रम आयोजना गरेको थियो । काठमाडौंबाट शुरु गरिएको साइकल यात्रामा  जापान, अमेरिका सहित १ सय ६२ जना यात्री सहभागी थिए । साइकल यात्राको नेतृत्व प्रशिद्ध विश्व साइकल यात्री पुस्कर शाहले गरेका थिए ।

काठमाडौंबाट शुरु भएको साइकल यात्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गर्नु भएको थियो । सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्दै साइकलले प्रदर्शन गरिएको थियो । सिन्धुलीगढीमा मनाइएको विजयोत्सवमा साइकल यात्रा आयोजना गरेर सिन्धुली गढीको प्रबर्धन गर्न सघाएकोमा समृद्ध सिन्धुली अभियानलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्नुभयो । उक्त सम्मान अभियानका संयोजक लीलानाथ घिमिरेले ग्रहण गर्नु भएको थियो ।

 

अभियानले यसबर्ष साइकल यात्रीलाई विजयोत्समा सहभागी गराएर सिन्धुलीमाढीसम्म झरिएको थियो । त्यहाँ, उद्योग बाणिज्य संघले बिजयोत्सव सांगितिक साँझको आयोजना गरेको राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले जानकारी दिनुभयो । उहाले आगामी बर्ष पनि यसरीनै भब्य कार्यक्रम गर्ने योजना रहेको जानकारी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार