इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् ।
प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छन्। सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको जानकारी दिए ।
प्रान्तका प्रहरी प्रमुख मोहसिन हसन बटले मस्जिद बाहिर सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी बम बिस्फोट गराइएको बताए । मस्जिदमा साँझको समय स्थानीयहरु नमाज पढ्न लागेकै समय बिस्फोट भएको थियो ।
उनले मस्जिद बाहिर पार्किङ गरिएको मोटरसाइकलमा बम राखेर रिमोट कन्ट्रोलबाट बिस्फोट गराएको देखिएको जानकारी दिए ।
प्रहरीले बिस्फोट नभएको अर्को एउटा बम पनि फेला पारेको थियो । उक्त बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।-एजेन्सी

617 पटक हेरिएको 

