काठमाडौं । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक९डिएसपी० प्रमुख रहेका छन् ।

हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र १९ सहसचिवको दरबन्दी स्वीकृत भएपछि प्रहरीबाट एसपीलाई खटाउने गृहको तयारी छ ।
साबिकमा र हाल दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लामा सहसचिव र एसपीलाई खटाउन लागिएको गृहका सहसचिव केदारनाथ शर्माले बताए । विगतमा तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्र सहसचिव र एसपी खटाउने निर्णय भएको थियो । ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ ।

1183 पटक हेरिएको 

