समयमा महिनावारी नहुने समस्या जो कोही महिलामा हुनसक्छ । असन्तुलित महिनावारीले प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट पनि यसको समाधान गर्न सकिन्छ । सन्तुलित महिनावरीका लागि यस्ता छन् घरेलु उपाय :

– यसका लागि मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गर्छ ।
– मुला, भटमास, मेथी र गाँजरको मिश्रणबाट जुस बनाई पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।
– गुड र तिलको लड्डुको प्रयोग गर्दा महिनावारीको अनियमिततालाई नियमिततामा ल्याउन सकिन्छ ।
– महिनावारीमा विभिन्न समस्या आउँछ र एकाग्रता हुँदैन भने अनारको बोक्राको सहारा लिन सकिन्छ । यसका लागि बोक्रा सुकाई पिसेर पानीसँग एक चम्चा पिउनुपर्छ । यसले आराम पनि प्रदान गर्छ ।

1084 पटक हेरिएको 

