काठमाडौं । ताप्लेजुङ जिल्लामा पर्ने कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र चिलीका एक आरोही बेपत्ता भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताएका छन्। आधिकारिक पुष्टिसहितको पत्र भने कम्पनीले नदिएको उनले बताए ।
मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कन्राज रहेको उनीहरूलाई कंचनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाले जानकारी दिए। उनका अनुसार वैद्य ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कँदै थिए भने कुलपाल माथि चढ्दै थिए।

कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव ल्याउने प्रयास भइरहेको छ।
दुवै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट भोलिसम्म काठमाडौं ल्याइने थापाले जानकारी दिए।

497 पटक हेरिएको 

