धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस आइतबार बिहान धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
ना७ख ४३८७ नंको बस नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको रएक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।


400 पटक हेरिएको 

