काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलचालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम लागू गर्ने भएको छ ।
महाशाखा कार्यालयमा आइतबार भएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाभित्रका सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलचालकको पछाडि बस्ने यात्रु धेरै रहेकाले नयाँ नियम सुरु गर्न लागेको बताए ।
महाशाखाको तथ्यांकअनुसार सवारी दुर्घटनाका कारण पछिल्लो सात वर्षमा एक हजार एक सय ७७ जनाको मृत्यु भएको छ ।
महाशाखाका अनुसार सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्दै छ । ऐन संशोधन भएलगत्तै मोटरसाइकलचालकको पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था लागू हुनेछ ।

1366 पटक हेरिएको 

