पाँचथर । पाँचथरको मिक्लाजोङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या घटनाको छनबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली बुधबार घटनास्थल पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी अनिल पौडेलले दिएको जानकारी अनुसार घटनास्थल पुगेको टोलीले अनुसन्धान थालेको सुरु गरेको छ । घटनास्थलको अनुगमन पश्चात टोली फर्किएको स्थानीयले बताए ।

घटनामा एक परिवारका बमबहादुर फियाक, पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको मृत्यु भएको थियो । त्यस्तै अर्को एक परिवारका धनराज शेर्मा, सस्मिता शेर्मा, युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको मृत्यु भएको छ । घटनामा भागेर ज्यान जोगाउन सफल भएकी सीता खजुमको उपचार भइरहेको छ ।
घटनामा संलग्न भनिएका फियाक परिवारका कान्छा ज्वाई मानबहादुर माखिमको शव मंगलबार अपरान्ह जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

374 पटक हेरिएको 

