मात्रा मिलाएर खाने हो भने हरियो खुर्सानी स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ । यस्तै एक अध्ययनको आधारमा एनडीटीभीले प्रकाशन गरेको एक सामाग्रीमा हरियो खुर्सानी खानुका फाइदाहरुबारे जानकारी दिएको छ ।

– हरियो खुर्सानीले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै समग्रमा स्फुर्त राख्न मद्दत गर्छ ।
– यसले नाकको रक्तसन्चारलाई सहज बनाउने हुँदा रुघा, पिनासबाट जोगिन मद्दत पुग्छ ।
– यसले शरीरमा गर्मी उत्पन्न गराउने हुँदा कुनै पनि प्रकारका दुखाईमा कमी आउँछ ।
– शरीरलाई आवश्यक भिटामिन सी’को परिपूर्ति गर्छ ।
– यसले इन्डोर्फिन रसायन उत्पन्न गराई इन्जाइमलाई बढाउँछ, जसले मानिसको परिवर्तित भइरहने स्वभावमाथि नियन्त्रण गर्छ ।
– हरियो खुर्सानी ब्लड सुगरका विरामीका लागि त अत्यन्त लाभदायक छ । यसले शरीरमा ब्लड सुगरको मात्रालाई सन्तुलनमा राख्न ठूलो मद्दत पु-याउँछ ।
– आइरनको कर्मी परिपूर्तिका साथै आँखा पनि तेजिलो बनाउन सहयोग पुग्छ ।
– छालासँग सम्बन्धित संक्रमण रोक्न सहयोग पु-याउँछ ।

1744 पटक हेरिएको 

