काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दले जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव राजधानी काठमाडौंमा न्यून रहेपनि राजमार्ग र उपत्यकाबाहिर बढी प्रभाव परेको छ ।
यसअघिको बन्दमा उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि आज निकै न्यूनमात्र सवारी चलेका छन्। उपत्यका बाहिर जाने लामो दूरीका सवारी ठप्प छन्। विद्यालयहरु बन्द गरिएका छन्।
बन्दको अघिल्लो दिन उपत्यकामा भएको श्रृंखलावद्व विस्फोटका कारण जनजीवन त्रस्त बनेको हो। निजी, तथा अत्यावश्यक सवारीसाधन पातलो रूपमा सञ्चालित छन्। पानी, दूध, औषधि बोक्ने सवारी तथा एम्बुलेन्सहरू भने सञ्चालित छन्।
आइतबार सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको थियो।

574 पटक हेरिएको 

